हिंसा र प्रलोभन

नीति विवरणहरू

परिवर्तन लग
नीतिको औचित्य
हामी हाम्रा प्लेटफर्महरूमा भएका सामग्रीसँग सम्बन्धित हुन सक्ने सम्भावित अफलाइन हानि रोकथाम गर्ने लक्ष्य राख्छौँ। हामीले मनिसहरूले सामान्यतया गम्भीर नहुने र सामान्य तरिकामा हिंसाको धम्की दिएर वा माग गरेर आपत्ति वा असहमति व्यक्ति गर्छन् भन्ने कुरा बुझे तापनि‍ हामी सार्वजनिक वा व्यक्तिगत सुरक्षाप्रति हिंसा र सार्वजनिक जोखिम उक्साउने वा त्यस्ता क्रियाकलापको व्यवस्था मिलाउने भाषा हटाउँछौँ। यसमा व्यक्ति वा समूहलाई तिनका सुरक्षित विशेषताहरू वा आप्रवासी स्थितिका आधारमा लक्षित गर्ने हिंसात्मक अभिव्यक्ति समावेश हुन्छ। हामीलाई सार्वजनिक सुरक्षामा प्रत्यक्ष खतरा छ वा शरीरिक हानिको वास्तवमै जोखिम छ भन्ने कुराको विश्वास हुँदा, हामी सामग्री हटाउछौँ, खाताहरू निष्क्रिय पार्छौं र कानून प्रवर्तन गर्ने निकायसँग काम गर्छौँ। हामी सार्वजनिक वा व्यक्तिगत सुरक्षाको लागि विश्वसनीय खतरा हुने सामग्रीबाट अनौपचारिक वा जागरूकता-बढाउने कथनहरूलाई छुट्याउन भाषा र सन्दर्भलाई पनि विचार गर्ने प्रयास गर्छौं। खतरा वास्तविक छ वा छैन भनी निर्धारण गर्दा , हामीले व्यक्तिको सार्वजनिक रुप र उनीहरूको शारीरिक सुरक्षाको जोखिम जस्ता अतिरिक्त जानकारीको बारेमा पनि विचार गर्न सक्छौँ।
केही अवस्थामा, हामी हिंसाको आकांक्षी वा सशर्त धम्कीहरू देख्छौं, जसमा हिंसा हुनेछ भन्ने आशाको अभिव्यक्ति सहित, आतंकवादीहरू र अन्य हिंसात्मक अभिनेताहरूलाई निर्देशित गरिन्छ (जस्तै, "आतंकवादीहरू मार्न योग्य छन्," "मलाई आशा छ कि उनीहरूले आतंकवादीहरूलाई मार्छन्")। हामी ती गैर-विश्वसनीय, विपरित विशिष्ट प्रमाण अनुपस्थित ठान्छौं।
हामी निम्न कुरा हटाउँछौँ:
हामि विभिन्न टार्गेटहरू विरूद्ध भएका हिंसाका धमकीहरू हटाउँछौँ। हिंसाका धम्कीहरू कथनहरू वा मनसाय, आकांक्षा प्रतिनिधित्व गर्ने चित्रणहरू वा एक टार्गेटविरुद्ध हिंसाको आवहान र धम्कीहरू विभिन्न प्रकारका कथनहरूमा व्यक्त गर्ने सकिन्छ जस्तै आशयका कथनहरू, क्रियाकलापको लागि आवहान गर्छ, वकालत, आशाको अभिव्यक्ति, आकांक्षीक कथनहरू र सशर्त कथनहरू हुन्।
हामी धम्कीहरू निषेध गर्दैनौँ जब सचेतना-जगाउने वा निन्दा गर्ने सन्दर्भमा सेयर गरिन्छ, जब शारीरिक खेलको सन्दर्भमा कम गम्भीर धम्कीहरू दिइन्छन् वा निश्चित हिंसात्मक एक्टरहरूप्रति निश्चित जोखिमहरू, जस्तै आतङ्कवादी समूहप्रति निर्देशित हुन्छन्।
सबै जनाका लागगि विश्वव्यापी सुरक्षा:
निम्न जोखिमहरूबाट सबैलाई सुरक्षित राखिन्छ:
  • हिंसाका धम्कीहरू जसले गर्दा मृत्यु हुन सक्छ (वा अन्य प्रकारका घातक हिंसा)
  • हिंसाका धम्कीहरू जसले गर्दा गम्भीर चोटपटक लाग्न सक्छ (मध्यम गम्भीरताको हिंसा)। जब विश्वासनीय हुन्छ हामी प्रसिद्ध व्यक्ति र समूहहरू विरुद्धका त्यस्ता धम्कीहरू हटाँछौं जुन सुरक्षित विशेषताहरूमा आधारित हुँदैनन् र हामी तिनीहरू अन्य कुनै टार्गेहरू विरुद्ध हटाउँछौँ (सुरक्षित विशेषताहरूमा आधारित समूहहरू सहित) विश्वसनीयताको पर्वाह नगरी
  • बदला, आत्मरक्षा, सम्पर्क खेलहरू (मध्य-गम्भीरता वा कम) वा कानुन प्रवर्तन, सैनिक वा राज्यको सुरक्षा गर्ने व्यक्तिले हिंसा गरेका अवस्थाबाहेक उच्च-गम्भीरता वा मध्य-गम्भीरता हिंसाको (लिखित वा मौखिक रूपमा वा हिंसा गर्ने व्यक्ति वा एक सहयोगीले भिजुअल रूपमा गरेका) स्वीकारहरू
  • अपहरण वा अपहरणको धम्कीहरू वा त्यसका चित्रणहरू, जबसम्म त्यो सामग्री पीडित वा उनीहरूको परिवारले मद्दतको लागि बिन्तीको रूपमा साझा गरिएको छ वा सूचना, निन्दा वा जागरूकता बढाउने उद्देश्यका लागि साझा गरिएको छैन भन्ने स्पष्ट भएमा।
एकान्त व्यसकहरू, सबै बालबालीका, उच्च-जोखिम भएका व्यक्तिहरू र व्यक्तिहरू वा उनीहरूको सुरक्षित विशेषताहरूमा आधारित समूहहरूका लागि थप सुरक्षाहरू:
सबै जनाको लागि विश्वव्यापी सुरक्षाहरूको अतिरिक्त, सबै एकान्त व्यसकहरू (जब आफैले रिपोर्ट गर्दछन्), बालबालीकाहरू र व्यक्तिहरू वा उनीहरूको सुरक्षित विशेषता(हरू)मा आधारित लक्षित भएका मानिसहरूको समूहहरू, कम-गम्भीरता हिंसाबाट सुरक्षित हुन्छन्।
अन्य हिंसा
माथि सूचीबद्ध गरिएका सबै सुरक्षाका साथै हामी निम्न कुरा हटाउँछौँ:
  • उच्च-गम्भीरताको हिंसाका सेवाहरू माग्ने, प्रस्ताव गर्ने वा स्वीकार गर्ने सामग्रीहरू (जस्तै, हिटम्यान, मर्सिनेरी, हत्यारा, नारीको लैङ्गिक म्युटिलेसन) वा यी सेवाहरूका लागि वकालात गर्ने सामग्री
  • सम्बन्धित सामग्री शैक्षिक आत्म रक्षा (उदाहरणका लागि, लडाईसम्बन्धी तालिम, मार्सल आर्ट्स) र सैनिक तालिम जस्ता हिंसा सामेल नभएको उद्देश्यका लागि सामग्री बनाइएको प्रसङ्ग नभएसम्म मानिसहरूलाई गम्भीर चोट पुर्‍याउने वा ज्यान लिने लक्ष्य स्पष्ट रूपमा तोकिएको भाषा प्रयोग गरेर हातहतियार बनाउने वा प्रयोग गर्ने निर्देशन वा अन्तिम परिणाम देखाउने वा सिमुलेट गर्ने फोटो।
  • सम्बन्धित सामग्री रिक्रिएस्नल प्रयोग (उदाहरणका लागि, पटेका र आर्थिक भिडियो गेम, फिसिङ) जस्ता हिंसा समावेश नभएका प्रयोजनका लागि बनाइएको प्रसङ्ग नभएसम्म विष्फोटक बनाउने वा प्रयोग गर्ने निर्देशनहरू
  • स्थानमा हातहतियार उठाउने वा लेराउने धम्की दिन्छ वा जबरजस्ती स्थानमा छिर्छ (जसमा पूजा गर्ने ठाउँहरू, शैक्षिक सुविधाहरू, मतदान स्थलहरू वा मत गणना गर्न वा चुनाव व्यवस्थापन गर्न प्रयोग गरिएका स्थानहरू समावेश छन् तर सीमित छैनन्) वा स्थानरू जहाँ हिंसाको उच्च जोखिमको अस्थायी संकेतहरू छन्।
  • यदि लक्ष्य नभएको खण्डामा पानि, भोट हाल्ने, भोटको लागि दर्ता वा प्रशाशनिक वा चुनावको परिणाम सम्बन्धित हिंसाको धम्की दिन्छ
  • लिंगमा आधारित हिंसाको बढुवा दिनु जुन या त आत्मीय साथी हिंसा वा सम्मानमा आधारित हिंसा हुन्छ
समुदायका निम्न मापदण्डहरू लागू गर्न हामीलाई अतिरिक्त जानकारी र/वा सन्दर्भ चाहिन्छ:
हामी निम्न कुरा हटाउँछौँ:
  • तिनीहरूको सार्वजनिक व्यक्तित्वको स्थिति वा धम्कीको विश्वसनीयतालाई पर्वाह नगरी, कानून प्रवर्तन अधिकारीहरू वा निर्वाचन अधिकारीहरू विरुद्धको धम्की।
  • जोखिमको सङ्केत र तलको सूचीबाट प्रासाङ्गिक सङ्केत दुवैको संयोजनमार्फत देखाइएअनुसार हिंसा गर्ने तरिका स्पष्ट रूपमा व्यक्त नगरिएको तर जोखिम अस्पष्ट वा अप्रत्यक्ष भएको अवस्थामा कोडेड स्टेटमेन्टहरू।
    • धम्की: भनेको निम्नमध्ये कुनै एउटा कोडेड स्टेटमेन्ट हो:
      • प्रतिहिंसात्मक प्रसङ्गमा सेयर गरिएको (उदाहरण, वास्तविक, कथित वा अनुमानित हुन सक्ने गुनासो वा जोखिमको प्रतिक्रियाका रूपमा अरूविरुद्ध गरिने हिंसामा संलग्न हुने इच्छाको अभिव्यक्ति)
      • ऐतिहासिक वा काल्पनिक हिंसाको घटनालाई उधृत गर्ने (उदाहरण, इतिहासको दौरान वा काल्पनिक परिदृश्यमा गरेका थाहा भएको हिंसाको ऐतिहासिक घटनाहरूलाई उद्धृत गर्दै अरुलाई धम्की दिने सामग्री)
      • जोखिम दिने कल टु एक्सनका रूपमा काम गर्छ (उदाहरण, अरूलाई हिंसात्मक कारबाही गर्न वा त्यस्ता कारबाहीमा सामेल हुन निम्तो वा प्रोत्साहित गर्ने सामग्री)
      • अरूप्रति हिंसा गर्ने सङ्केत गर्ने जानकारी वा साझा गरिएको संवेदनशील जानकारी (उदाहरण, हिंसाको धम्कीलाई अझ विश्वसनीय बनाउन सक्ने व्यक्तिगत जानकारीको सचेतनाको नोट बनाउने वा तात्पर्य गर्ने सामग्री। यसले व्यक्तिको निवासीय ठेगाना, रोजगार वा शिक्षामा तिनीहरूको स्थिति, दैनिक कम्यूट मार्ग वा हालको स्थानको ज्ञान भएको संकेत समावेश गर्छ।)
    • प्रसङ्ग
      • स्थानीय प्रसङ्ग वा विशेषज्ञले सरोकारको स्टेटमेन्टले तत्कालीन हिंसा निम्त्याउन सक्छ भन्ने कुरा पुष्टि गर्छ।
      • सामग्रीको लक्ष्य वा अधिकृत प्रतिनिधिले हामीलाई उक्त सामग्रीका बारेमा रिपोर्ट गर्छ।
      • लक्ष्य बच्चा हो।
  • स्थानमा हतियारहरू ल्याउने अस्पष्ट धम्कीहरू जसमा पूजा गर्ने ठाउँहरू, शैक्षिक सुविधाहरू, मतदान स्थलहरू वा मत गणना गर्न वा चुनाव व्यवस्थापन गर्न प्रयोग गरिएका स्थानहरू समावेश छन् तर सीमित छैनन् (वा अरूलाई त्यसै गर्न प्रोत्साहित गर्ने) वा स्थानरू जहाँ हिंसाको उच्च जोखिमको अस्थायी संकेतहरू छन्।
  • चुनाव सम्बन्धी भ्रष्टाचार, अनियमितता वा पूर्वाग्रहको बारेमा दावी वा पूर्वाग्रह जब सामग्रीले हिंसालाई धम्की दिन्छ भन्ने सङ्केत दिन्छ (जस्तै, हतियार उठाउने वा ल्याउने धम्की, हतियारको दृश्य चित्रण, आगजनी, चोरी, तोडफोडको सन्दर्भ) यी सहित:
    • व्यक्ति(हरू) लाई लक्षित गर्ने
    • एक विशेष स्थान (राज्य वा त्यो भन्दा सानो) लाई लक्षित गर्ने
    • जहाँ लक्षय निश्चित छैन
  • चुनाव सम्बन्धी जमघट वा घटनाहरूको सन्दर्भ जब सामग्रीले हिंसालाई धम्की दिन्छ भन्ने सङ्केत दिन्छ (जस्तै, हतियार उठाउने वा ल्याउने धम्की, हतियारको दृश्य चित्रण, आगजनी, चोरी, तोडफोडको सन्दर्भ)।
  • निम्नमा मापदण्ड पूरा गर्ने गरी आत्मरक्षा वा अन्य मानिसको रक्षा गर्ने क्रममा उच्च वा मध्यम गम्भीरताको हिंसा गर्ने धम्कीहरू।
    • कुनै व्यक्तिविरुद्ध (नाम वा अनुहारले पहिचान गर्न मिल्ने व्यक्ति, सुरक्षित विशेषताहरूका आधारमा लक्षित मानिस र बालबालिका)
    • घर प्रवेश वा पारस्परिक हिंसाको प्रसङ्गमा प्रतिक्रिया जनाइएको हिंसा वा तत्काली जोखिमसँग अनुपाती
    • आवाजमा हुन सक्ने प्रभाव तत्कालीन हिंसाको जोखिमसँग महत्त्वपूर्ण हुन्छ
प्रयोगकर्ताका अनुभवहरू
Facebook मा मानिसहरूका लागि प्रवर्तन कस्तो देखिन्छ भन्ने केही उदाहरणहरू हेर्नुहोस्, जस्तै: तपाईंले Facebook मा हुनु हुँदैन भन्ने कुराको रिपोर्ट गर्दा कस्तो देखिन्छ, तपाईंले हाम्रा सामुदायिक मानकहरू उल्लङ्घन गर्नुभएको छ भनी र निश्चित सामग्रीमा चेतावनी स्क्रिन हेर्न।
नोट: हामी सधैँ सुधारिरहेका छौँ, त्यसैले तपाईंले यहाँ जे देख्नुभएको छ त्यो कुरा हामीले वर्तमानमा प्रयोग गर्ने कुराभन्दा थोरै पुरानो हुन सक्छ।
प्रयोगकर्ताको अनुभव
रिपोर्टिङ
प्रयोगकर्ताको अनुभव
पोस्ट-रिपोर्ट सञ्चार
प्रयोगकर्ताको अनुभव
अनुभव हटाउने
प्रयोगकर्ताको अनुभव
चेतावनी स्क्रिनहरू
डेटा
हालसालैको सामुदायिक मापदण्डहरू लागू गर्ने कार्यको रिपोर्ट हेर्नुहोस्
प्रवर्तन
हामीसँग Facebook मा विश्वभर सबैजनाक लागि एउटै नीतिहरू छन्।
समीक्षा टोलीहरू
15,000 भन्दा धेरै समीक्षा गर्ने व्यक्तिहरूको हाम्रो विश्वव्यापी टोलीले मानिसहरूलाई Facebook मा सुरक्षित राख्नका लागि प्रत्येक दिन काम गर्नुहुन्छ।
सरोकारवालाको संलग्नता
बाहिरी विशेषज्ञ, शैक्षिक, NGO र नीति निर्माताहरूले Facebook समुदाय मापदण्डहरूलाई सूचित गर्न मद्दत गर्छन्।
हिंसा र प्रलोभनका सम्बन्धमा मद्दत प्राप्त गर्नुहोस्
तपाईंले Facebook मा हाम्रा समुदायका मापदण्डहरूको उल्लङ्घन गर्ने कुनै कुरा देख्नुभयो भने तपाईं के गर्न सक्नुहुन्छ भन्ने बारेमा जान्नुहोस्।
हाम्रो मद्दत केन्द्रमा जानुहोस्