स्प्याम

नीति विवरणहरू

परिवर्तन लग
नीतिको औचित्य
हामी प्रयोगकर्ताहरूलाई कृत्रिम रूपमा भ्यू बढाउनका निम्ति छल गर्न, भ्रममा पार्न वा मानिसका भावना जित्न डिजाइन गरिएका सामग्री प्रयोग गर्ने अनुमति दिदैनौँ। यो सामग्रीले प्रयोगकर्हरूलाई हाम्रा प्लेटफर्महरूमा प्रामाणिक रूपमा अन्तर्क्रिया गर्नबाट अवरोध गर्छ र यसलेे हाम्रा सेवाको सुरक्षा, स्थिरता र उपयोगितालाई जोखिममा पार्न सक्छ। हामी शङ्का नगर्ने प्रयोगकर्ताहरूलाई भ्रामक फङ्सनालिटी वा कोडमार्फत भ्रममा पार्नका निम्ति भ्रामक लिंकहरू फैलाउने वा विश्वसनीय डोमेनको भेष धारण गर्ने जस्ता दुरुपयोगका रणनीतिहरू रोक्न खोज्छौँ।
अनलाइन स्प्याम लाभदायक उद्यम हो। स्प्यामका नयाँ ट्रेन्ड र रणनीतिहरू विरुद्ध लड्न हाम्रा नीति र स्प्याम पत्ता लगाउने सुविधा पनि लगातार सुधार गरिनु पर्छ। स्प्यामविरुद्ध लड्ने क्रममा कारबाही गर्न हामी हाम्रो समुदायको उत्तेजक र प्रामाणिक क्रियाकलापलाई सुरक्षित राखेर स्प्यामका उत्पादक र वितरकहरूका लागि खर्च बढाउने खर्च सन्तुलन गर्न प्रयास गर्छौँ।
हामी निम्न कुराहरू प्रयोग गर्ने अनुमति दिदैनौँ:
  • एकदमै उच्च मात्रामा म्यानुअल तरिकाले वा स्वतः रूपमा सामग्री पोस्ट, सेयर वा सामग्रीसँग अन्तर्क्रिया गर्ने वा खाता, समूह, पेज, कार्यक्रम वा अन्य एसेटहरू बनाउने।
    • हामी स्प्यामका सूचक (जस्तै, दोहोरिने सामग्री पोस्ट गरिँदा) अप्रामाणिकताका सिग्नलहरू उपलब्ध हुँदा न्यून फ्रिक्वेन्सीमा भएका खाताहरूमा प्रतिबन्ध लगाउन सक्छौँ।
  • खाता, समूह, पेजलगायतका प्लेटफर्म एसेटहरू बिक्री, खरिद वा आदान-प्रदान गर्न खोज्ने वा त्यस्ता कार्य सम्पन्न गर्ने।
  • एड्मिन वा मोडरेटरका भूमिकालगायतका साइटका विशेषाधिकारहरू वा निश्चित ठाउँमा पोस्ट गर्ने अनुमति बिक्री, खरिद वा आदान-प्रदान गर्न खोज्ने वा त्यस्ता कार्य सम्पन्न गर्ने।
  • हाम्रो निम्नमा उल्लेख गरिएअनुसार स्पष्ट रूपमा पहिचान गरिने ब्रान्डेड सामग्रीबाहेक अन्य सामग्री पैसाका लागि बिक्री, खरिद वा आदान-प्रदान गर्न खोज्ने वा त्यस्ता कार्य सम्पन्न गर्ने: ब्रान्डेड सामग्रीसम्बन्धी नीति
  • लाइक, सेयर, भ्यू, फलो, क्लिक र निश्चित ह्यासट्यागलगायतका अन्तर्क्रियाका लागि बिक्री, खरिद वा आदान-प्रदान गर्न खोज्ने वा त्यस्ता कार्य सम्पन्न गर्ने। यसमा निम्न कुरा समावेश हुन्छन्:
    • अन्तर्क्रियाका (जस्तै, “मेरो पेज लाइक गर्ने सबै जनालाई $५०० जित्ने प्रतियोगितामा सामेल गराइने छ”) लागि नगद वा सो नगद बराबरका कुराहरू गिभअवे अफर गर्ने (अर्थात्, अरूलाई जित्ने अवसर प्रदान गर्ने)
    • अन्तर्क्रिया (जस्तै, “तपाईंले मेरो पेज लाइक गर्नुभयो भने म तपाईंलाई iPhone दिने छु!”) का लागि पैसाको मूल्य बराबरको सामग्री प्रदान गर्ने
  • प्रयोगकर्ताहरूले बचन दिइएको सामग्री हेर्न वा अन्तरक्रिया गर्न सक्नुअघि उहाँहरूले सामग्रीसँग अन्तर्क्रिया (जस्तै, लाइक गर्ने, सेयर गर्ने) गर्नु पर्ने मापदण्ड तय गर्ने वा तोक्ने।
  • निम्नसहित कपटशील वा भ्रामक URL, डोमेन वा एप्लिकेसनहरू सेयर गर्ने:
    • क्लोकिङ: क्लोकिङ भनेको प्रयोगकर्ताहरूलाई देखाइने सामग्रीको तुलनामा हाम्रा अखण्डता सिस्टमलाई URL वा एप्लिकेसन जस्ता विभिन्न अफ-प्लेटफर्म सामग्री जानीबुझी प्रस्तत गरेर हाम्रा नीतिहरू छल्ने प्रयास हो।
    • भ्रामक लिंकहरू: यस्ता सामग्रीमा एक प्रकारको सामग्रीको बचन दिने तर अन्य कुरा प्रदान गर्ने एउटा लिंक समावेश गरिएको हुन्छ। यसमा बचन दिइएको एप वा सफ्टवेयरमा भएको सामग्री सामवेश हुन सक्छ।
    • रिडिरेक्ट गर्ने कपटशील व्यवहार: अपेक्षित ल्यान्डिङ पेजको सामग्री हेर्नका निम्ति कुनै कारबाही गर्नु पर्ने (जस्तै, क्याप्चा, विज्ञापन हेर्नु, कुनै ठाउँमा क्लिक गर्नु पर्ने) र आवश्यक कारबाही पूरा गरेपछि URL को डोमेनको नाम परिवर्तन हुने वेबसाइटहरू। वा प्रयोगकर्ताले कुनै पनि कारबाही नगरिकनै उहाँलाई बेग्लै डोमेनमा स्वतः रिडिरेक्ट गर्ने वेबसाइटहरू।
    • लाइक/सेयर-गेटिङ: प्रयोगकर्ताहरूलाई निश्चित विशेष सामग्रीमा एक्सेस प्रदान गर्नका निम्ति उहाँहरूलाई (लाइक, सेयर, फलो वा सार्वजनिक रूपमा अन्तर्क्रिया गर्ने अन्य कुनै पनि रूप) अन्तर्क्रिया गर्न लगाउने।
    • कपटशील प्लेटफर्म फङ्सन - प्रयोगकर्तालाई कुनै लिंक फलो गर्न लगाउनका निम्ति हाम्रा सेवाहरूको सुविधा वा फङ्सनको नक्कल गर्ने, जस्‍तै फङ्सन नभएका वा अपेक्षा गरेअनसुार नचल्ने इनलाइन मत सर्वेक्षण, प्ले बटन वा लाइक बटन।
    • भ्रामक ल्यान्डिङ पेजको फङ्सन: गल्तीले ट्राफिक जेनेरेट गराउनका निम्ति भ्रामक प्रयोगकर्ता इन्टरफेस भएका वेबसाइटहरू (उदाहरणका लागि, पप-अप/अन्डर, क्लिकज्याकिङ, आदि)। यसमा ट्रयापिङ जस्ता रणनीतिहरू समावेश हुन्छन्, यसमा कुनै व्यक्तिले ल्यान्डिङ पेजबाट बाहिरिने प्रयास गर्दा असान्दर्भिक पप-अपहरू देखिन्छन्।
    • ल्यान्डिङ पेज वा डोमेनको नक्कल गर्ने - अर्को विश्वसनीय साइटसँग मिल्दोजुल्दो ल्यान्डिङ पेज प्रयोग गरेर प्रख्यात वेबसाइट, डोमेन वा ब्रान्डहरूको भेष धारण गर्ने नाम, डोमेन वा टाइपो तथा गलत हिज्जे भएका सामग्री वा अन्य तरिकाहरू प्रयोग गरेर प्रतिष्ठित ब्रान्ड वा सेवाको नक्कल गर्ने अफ-प्लेटफर्म ल्यान्डिङ पेज, URL वा बाह्य वेबसाइट वा डोमेन।
    • माथिका कुराहरूसँग निकै मिल्दाजुल्दा URL वा लिंकहरूका अन्य कपटशील प्रयोगहरू।
  • माथिका कुरालाई ध्यानमा नराखिनकन हामी निम्न कुरा निषेध गर्दैनौँ:
    • तेस्रो पक्षलाई भुक्तानी गर्नु नपर्ने गरी क्रस प्रवर्द्धन
    • अर्कै प्रयोगकर्तालाई मूल्य भएको सामग्रीको साटो उहाँले पेज वा समूहमा देखाउनुभएको रुचिका आधारमा सो पेज वा समूहका एड्मिन वा मोडरेसनका जिम्मेवारीहरू ट्रान्स्फर गर्ने।
    • स्पष्ट रूपमा पहिचान गरिएको ब्रान्डेड सामग्री पोस्ट वा सेयर गर्ने।
प्रयोगकर्ताका अनुभवहरू
Facebook मा मानिसहरूका लागि प्रवर्तन कस्तो देखिन्छ भन्ने केही उदाहरणहरू हेर्नुहोस्, जस्तै: तपाईंले Facebook मा हुनु हुँदैन भन्ने कुराको रिपोर्ट गर्दा कस्तो देखिन्छ, तपाईंले हाम्रा सामुदायिक मानकहरू उल्लङ्घन गर्नुभएको छ भनी र निश्चित सामग्रीमा चेतावनी स्क्रिन हेर्न।
नोट: हामी सधैँ सुधारिरहेका छौँ, त्यसैले तपाईंले यहाँ जे देख्नुभएको छ त्यो कुरा हामीले वर्तमानमा प्रयोग गर्ने कुराभन्दा थोरै पुरानो हुन सक्छ।
प्रयोगकर्ताको अनुभव
रिपोर्टिङ
प्रयोगकर्ताको अनुभव
पोस्ट-रिपोर्ट सञ्चार
प्रयोगकर्ताको अनुभव
अनुभव हटाउने
प्रयोगकर्ताको अनुभव
चेतावनी स्क्रिनहरू
डेटा
हालसालैको सामुदायिक मापदण्डहरू लागू गर्ने कार्यको रिपोर्ट हेर्नुहोस्
प्रवर्तन
हामीसँग Facebook मा विश्वभर सबैजनाक लागि एउटै नीतिहरू छन्।
समीक्षा टोलीहरू
15,000 भन्दा धेरै समीक्षा गर्ने व्यक्तिहरूको हाम्रो विश्वव्यापी टोलीले मानिसहरूलाई Facebook मा सुरक्षित राख्नका लागि प्रत्येक दिन काम गर्नुहुन्छ।
सरोकारवालाको संलग्नता
बाहिरी विशेषज्ञ, शैक्षिक, NGO र नीति निर्माताहरूले Facebook समुदाय मापदण्डहरूलाई सूचित गर्न मद्दत गर्छन्।
स्पामका सम्बन्धमा मद्दत प्राप्त गर्नुहोस्
तपाईंले Facebook मा हाम्रा समुदायका मापदण्डहरूको उल्लङ्घन गर्ने कुनै कुरा देख्नुभयो भने तपाईं के गर्न सक्नुहुन्छ भन्ने बारेमा जान्नुहोस्।
हाम्रो मद्दत केन्द्रमा जानुहोस्