वयस्कको यौन प्रस्ताव र यौनजन्य अश्लील भाषा

नीति विवरणहरू

परिवर्तन लग
नीतिको औचित्य
वयस्कको यौन शोषणसम्बन्धी नीतिमा उल्लेख‍ गरिएअनुसार मानिसहरूले यौन हिंसा र शोषणका बारेमा छलफल गर्न र त्यस्ता कुरामा ध्यानाकर्षण गर्न हाम्रा सेवाहरू प्रयोग गर्छन्। हामीले यसको महत्त्व बुझ्छौं र यो छलफलको लागि अनुमति दिन्छौं। हामी यौनकर्मी अधिकारको वकालत र यौन कार्य नियमनको बारेमा छलफलको लागि पनि अनुमति दिन्छौं। यद्यपि, हामी सीमा तोक्छौं जब सामग्रीले वयस्कहरू बीच यौन सम्पर्कको लागि भेटघाट वा व्यावसायिक यौनजन्य सेवाहरूलाई सहज बनाउँछ वा जब सामग्रीले अश्लील वा यौन सामग्रीको लागि सोध्छ वा प्रस्ताव गर्छ। हामीले तस्करी, जबरजस्ती र गैर-सहमतिजन्य यौन क्रियाकलाप समावेश गर्न सक्ने लेनदेन रोक्न यो गर्छौँ।
हामी यौन अनुरोधको अवस्थामा पुर्‍याउन सक्ने यौनजन्य भाषा पनि प्रतिबन्ध लगाउछौँ किनभने हाम्रो विश्वव्यापी समुदायभित्र केही दर्शक यस प्रकारको विषयवस्तुमा संवेदनशील हुन सक्छन् र यसले तिनीहरूको साथी र व्यापक समुदायसँग जोडिन मानिसहरूका लागि क्षमतालाइ रोक्न सक्छ।
हामी निम्न कुराहरू प्रयोग गर्ने अनुमति दिदैनौँ:
वेश्यावृत्तिको लागि सम्पर्कका तरिकाहरू प्रदान गर्ने, सोध्ने वा प्रदान गर्ने सामग्री, जसलाई पैसा वा मूल्यवान कुनै पनि चीजको बदलामा यौन सम्पर्कको लागि सोध्ने वा प्रस्ताव गर्ने भनेर परिभाषित गरिएको छ:
  • प्रस्ताव गर्ने वा यौन भेटघाटको लागि सोध्ने (उदाहरणका लागि, एस्कर्ट सेवाहरू, यौन/कामुक मसाजहरू, यौन च्याटहरू/वार्तालापहरू, फेटिश/प्रभुत्व सेवाहरू)
  • वेश्यावृत्तिको लागि अपशब्द प्रयोग गर्ने, उपलब्धता, मूल्य, वा पैसा वा मूल्यवान चीज, स्थान, वा सम्पर्क जानकारीको लागि लेनदेनको कुनै संकेतको लागि सोध्ने वा प्रस्ताव गर्ने
  • पैसा वा मूल्यवान चीजको लागि मूल्य वा लेनदेनको कुनै संकेतको साथ यौन आग्रहमा संलग्न हुनु
  • मूल्य वा मौद्रिक वा वस्तुगत लेनदेनको कुनै संकेत सहित यौन सम्पर्क वा साझेदारहरूको चित्रण वा उल्लेख गर्ने।
  • तेस्रो-पक्षीय व्यावसायिक यौन कार्यको लागि अन्य मानिसहरूलाई भर्ती गर्नु वा प्रस्ताव गर्नु मानव शोषण नीति अन्तर्गत पर्दछ।
यौन सम्पर्कका लागि सम्पर्कका तरिकाहरू प्रस्ताव गरेर, सोधेर वा प्रदान गरेर यौन आग्रहमा संलग्न हुने सामग्री जस्तै:
  • यौन सम्पर्क वा उत्तेजना
  • मुखमैथुन
  • यौन कामोत्तेजकता
  • यौनजन्य च्याट वा कुराकानीहरू
  • यौन वा कामुक मालिशहरू
  • कामुक नृत्य वा कपडा उतार्नु
  • नग्न तस्बिरहरू (जस्तै नग्न तस्बिरहरू, यौन भिडियोहरू) सेयर गर्ने
अश्लील सामग्री प्राप्त गर्न सम्पर्कको तरिकाहरू माग्ने, प्रस्ताव वा प्रदान गर्ने, वा अश्लील वेबसाइटहरूको प्रयोगकर्ता नाम वा लिङ्कहरू समावेश गर्ने सामग्री।
निम्न कुराहरूको बारेमा स्पष्ट वा ग्राफिक विवरण प्रयोग गर्ने यौननिक रूपमा स्पष्ट भाषा:
  • जननेन्द्रिय,
  • यौन उत्तेजनाको स्थितिहरू (उदाहरण, भिभ्ने वा ठाडो हुने)
  • यौन सम्पर्कका लागि भेटघाटहरू
  • माथि उल्लेखित सामग्रीमा हास्यपूर्ण, व्यंग्यात्मक सन्दर्भमा वा यौन अभिशापको रूपमा सेयर गरिएको सामग्री समावेश गर्दैन।
निन्दा, शैक्षिक, सचेतना जगाउने वा समाचार रिपोर्टिङ सन्दर्भहरूमा पोस्ट गर्दा हामी अन्यथा यो नीतिद्वारा समेटिएका सामग्रीलाई अनुमति दिन्छौं। हामी नीति अन्तर्गत यौन अभ्यासहरूको बारेमा छलफल गर्न पनि निषेध गर्दैनौं। यद्यपि, नाबालिगहरूको लागि उमेर-उपयुक्त अनुभवहरूलाई सहज बनाउन स्वास्थ्य र कल्याण नीति अनुसार यी १८ वर्षभन्दा माथिका वयस्कहरूमा सीमित हुन सक्छन्।
निम्न सामग्रीको लागि, हामीले सामग्री हेर्ने क्षमतालाई वयस्कहरू, उमेर 18 र माथिकाहरूलाई सीमित गर्छौं:
  • यौन अभ्यास वा अनुभवहरूको बारेमा छलफल गर्ने सामग्री
  • वयस्क सदस्यता वेबसाइटहरूको प्रयोगकर्ता नाम, लिङ्क वा लोगोहरू समावेश गर्ने सामग्री
  • यौन रूपकहरू सहित हास्यपूर्ण वा व्यंग्यात्मक सन्दर्भहरूमा यौनजन्य अश्लील भाषा
  • यौन सम्पर्कलाई जनाउने यौनिक रूपमा सुझाव दिने भाषा
समुदायका निम्न मापदण्डहरू लागू गर्न हामीलाई अतिरिक्त जानकारी र/वा प्रसङ्ग चाहिन्छ:
  • केही मुद्दाहरूमा, सामग्री व्यंग्यात्मक छ भनी निर्धारण गर्दा हामी अन्यथा समुदाय मापदण्डहरू उल्लङ्घन गर्न सक्ने सामग्रीलाई अनुमति दिेने छौँ। सामग्रीका उल्लङ्घन गर्ने एलिमेन्टहरू कसैको नक्कल गर्न वा हासो उडाउनका निम्ति अन्य केही वा अन्य कोहीको व्यङ्ग वा एट्रिब्युट गरिँदै छन् भने मात्र सो सामग्री प्रयोग गर्न पाइन्छ।
प्रयोगकर्ताका अनुभवहरू
Facebook मा मानिसहरूका लागि प्रवर्तन कस्तो देखिन्छ भन्ने केही उदाहरणहरू हेर्नुहोस्, जस्तै: तपाईंले Facebook मा हुनु हुँदैन भन्ने कुराको रिपोर्ट गर्दा कस्तो देखिन्छ, तपाईंले हाम्रा सामुदायिक मानकहरू उल्लङ्घन गर्नुभएको छ भनी र निश्चित सामग्रीमा चेतावनी स्क्रिन हेर्न।
नोट: हामी सधैँ सुधारिरहेका छौँ, त्यसैले तपाईंले यहाँ जे देख्नुभएको छ त्यो कुरा हामीले वर्तमानमा प्रयोग गर्ने कुराभन्दा थोरै पुरानो हुन सक्छ।
प्रयोगकर्ताको अनुभव
रिपोर्टिङ
प्रयोगकर्ताको अनुभव
पोस्ट-रिपोर्ट सञ्चार
प्रयोगकर्ताको अनुभव
अनुभव हटाउने
प्रयोगकर्ताको अनुभव
चेतावनी स्क्रिनहरू
प्रवर्तन
हामीसँग Facebook मा विश्वभर सबैजनाक लागि एउटै नीतिहरू छन्।
समीक्षा टोलीहरू
15,000 भन्दा धेरै समीक्षा गर्ने व्यक्तिहरूको हाम्रो विश्वव्यापी टोलीले मानिसहरूलाई Facebook मा सुरक्षित राख्नका लागि प्रत्येक दिन काम गर्नुहुन्छ।
सरोकारवालाको संलग्नता
बाहिरी विशेषज्ञ, शैक्षिक, NGO र नीति निर्माताहरूले Facebook समुदाय मापदण्डहरूलाई सूचित गर्न मद्दत गर्छन्।
वयस्कको यौन प्रस्ताव र यौनजन्य अश्लील भाषा बारेमा मद्दत प्राप्त गर्नुहोस्
तपाईंले Facebook मा हाम्रा समुदायका मापदण्डहरूको उल्लङ्घन गर्ने कुनै कुरा देख्नुभयो भने तपाईं के गर्न सक्नुहुन्छ भन्ने बारेमा जान्नुहोस्।
हाम्रो मद्दत केन्द्रमा जानुहोस्