हानिलाई बाधा पुर्याउने र रोक्ने प्रयासमा, हामी मानव बेचबिखन सहित मानव शोषणलाई सहजीकरण गर्ने वा समन्वय गर्ने सामग्री हटाउँछौँ। हामी मानव बेचबिखनलाई नाफाको लागि कसैको स्वतन्त्रता हनन् गर्ने व्यवसायका रूपमा परिभाषित गर्छौं। यो भनेको मानिसहरूलाई उहाँहरूका इच्छाविपरित आर्थिक लाभका लागि यौन, श्रम वा अन्य क्रियाकलापमा जबरजस्ती सामेल गराउनका निम्ति गरिने मानव शोषण हो। यसले छल, बल र जबरजस्तीमा निर्भर हुन्छ र अरूलाई आर्थिक वा भौतिक फाइदा हुने गरी मानिसहरूको स्वतन्त्रता हनन् गरेर उहाँहरूको स्तर घटाउने काम गर्छ।
मानव बेचबिखन बहुपक्षीय र विश्वव्यापी समस्या हो; यसले उमेर, सामाजिक आर्थिक पृष्ठभूमि, जातियता, लिङ्ग वा स्थानलाई ध्यानमा नराखीकनै कसैलाई पनि असर गर्न सक्छ। यसका थुप्रै रूपहरू हुन्छन् र बेचबिखनका कुनै पनि अवस्थाले त्यस प्रकारका कार्यको विकास गर्ने विभिन्न चरणहरू पूरा गर्नु पर्ने हुन सक्छ। यो दुर्व्यवहारको बलपूर्वक प्रकृतिको कारण पीडिहरूले सहमति जनाउन सक्दैनन्।
हामीले मानव बेचबिखन र तस्करिलाई नमिलाउनमा सावधान रहँदा, तिनीहरू सम्बन्धित हुन सक्छन् र ओभरल्याप दर्शाउन सक्छ। संयुक्त राष्ट्रले मानव तस्करिलाई अन्तर्राष्ट्रिय सीमाहरू आर-पार राज्य भित्र कानुनी रूपमा प्रवेश गर्ने अधिकाप्राप्ति वा सुविधाको रूपमा परिभाषित गरेको छ। जबरजस्ति वा दबावविना, राम्रो जीवनको खोजीमा प्रायजसो आफ्नो मूल राष्ट्र छोड्ने प्रयासमा भएका असुरक्षित व्यक्तिहरूको शोषणमा निम्तिन सक्छ। मानव तस्करी भनेको एक ठाउबाट अर्को ठाउँमा सर्ने कार्यमा भर पर्ने राज्यविरुद्धको एक अपराध हो र मानव बेचबिखन भनेको शोषणमा भर पर्ने व्यक्तिविरुद्धको अपराध ह।
मानव बेचबिखन वा मानव तस्करीका मुद्दाहरूको निन्दा गर्ने, सचेतना जगाउने वा समाचार रिपोर्टिङ सामग्रीको अतिरिक्त, हामी व्यक्तिगत सुरक्षा र सीमा पार गर्ने, शरण खोज्ने वा कसरी देश छोड्ने बारे जानकारी सोध्ने वा साझा गर्ने सामग्रीलाई अनुमति दिन्छौं।
निम्न कुराहरू पोस्ट नगर्नुहोस्:
मानिसहरूलाई मानव बेचबिखनका निम्नमध्ये कुनै पनि रूपका लागि भर्ना गर्ने, सुविधा प्रदान गर्ने वा शोषण गर्ने सामग्री, क्रियाकलाप वा अन्तर्क्रियाः
यौन बेचबिखन (बल, छल वा जबरजस्ती प्रयोग गरेर नाबालिगसँग आर्थिक फाइदाका लागि गरिने यौनजन्य क्रियाकलाप वा वयस्कसँग आर्थिक फाइदाका लागि गरिने यौनजन्य क्रियाकलाप)
बालबालिकाको बेचबिखन वा गैरकानुनी रूपमा धर्मसन्तान लिने
अनाथालय बेचबिखन र अनाथालय भोलुन-टुरिजम
जबरजस्ती गराइने विवाहहरू (बाल विवाहसहित)
श्रम शोषण (बन्धक श्रमसहित)
घरेलु दास
शोषण नगर्ने गरी अङ्ग दान गर्ने प्रसङ्गमा अङ्ग निकाल्ने, दान गर्ने वा प्रत्यारोपण गर्ने कार्यबाहेक फेरि पलाउन नमिल्ने अङ्गको बेचबिखन
जबरजस्ती गराइने आपराधिक क्रियाकलाप (उदाहरण, जबरजस्ती भिख माग्न लगाउने, जबरजस्ती लागू औषध बेचबिखन गर्ने)
बाल सेनामा भर्ती
तेस्रो पक्षीय एक्टरले आर्थिक फाइदाका लागि गरिने यौनजन्य क्रियाकलापका लागि भर्ना लिने, सुविधा प्रदान गर्ने वा त्यस्ता कार्यक्रमबाट फाइदा लिने (वित्तीय वा अन्य) सामग्री
मानव तस्करी उपलब्ध गराउन वा सुविधा दिन प्रस्ताव गर्ने सामग्री
मानव तस्करीसम्बन्धी सेवाहरूको माग गर्ने सामग्री
हामी यो नीतिअन्तर्गत प्रयोग गर्न नपाइने सामग्री पोस्ट निन्दा गर्ने, शैक्षिक रूपमा प्रयोग गर्ने, सचेतना जगाउने वा समाचार रिपोर्ट गर्ने प्रसङ्गमा ती सामग्री प्रयोग गर्ने अनुमति दिन्छौँ।
मानव शोषणसम्बन्धी हाम्रा नीतिबमोजिम हाम्रा समीक्षक र अटोमेटेड सिस्टमहरूले उल्लङ्घन गर्ने खाताहरू पत्ता लगाउन र त्यस्ता खाताका सम्बन्धमा कारबाही गर्न मद्दत गर्ने व्यावहारिक सिग्नलहरूको दायराका बारेमा पनि विचार गर्न सक्छन्।
- हामी खाताहरूले हाम्रा नीतिको उल्लङ्घन गर्ने अन्य खाताहरूसँग गर्ने अन्तर्क्रिया, उल्लङ्घन गर्ने कन्टेन्ट खोज्ने वा त्यस्ता कन्टेन्टसँग गर्ने अन्तर्क्रिया, हामीले हाम्रा नीतिहरूको उल्ललङ्घन गरेकाले हटाएका समुदायमा रहेका सदस्यता (जस्तै, समूह) का आधारमा खाताहरू हटाउन सक्छौँ।
समुदायका निम्न मापदण्डहरू लागू गर्न हामीलाई अतिरिक्त जानकारी र/वा सन्दर्भ चाहिन्छ: