जालसाजी, कपटशील र भ्रामक अभ्यासहरू
नीति विवरणहरू
परिवर्तन लग
आज
२०२५ जुन ६
२०२४ अक्टोबर २
२०२४ जुलाई १८
२०२३ अगस्ट ४
२०२२ अप्रिल २८
२०२१ डिसेम्बर २३
२०२१ नोभेम्बर २४
२०२१ अक्टोबर २८
२०२१ अगस्ट २६
२०२० मे ४
२०२० डिसेम्बर १७
२०२० नोभेम्बर १८
२०१९ डिसेम्बर १६
२०१९ सेप्टेम्बर ३
नीतिको औचित्य
हाम्रो लक्ष्य भनेको प्रयोगकर्ता र व्यवसायहरूलाई भ्रममा पारेर पैसा, सम्पत्ति वा व्यक्तिगत जानकारी चोरी हुनबाट सुरक्षित राख्नु हो। हामी जानीजानी भ्रामक तरिकाहरू प्रयोग गर्ने सामग्री हटाएर र यस्ता व्यवहारविरुद्ध लडेर यो लक्ष्य हासिल गर्छौँ - जस्तै जानीजानी गलत रूपमा प्रस्तुत गर्ने, चोरी गरिएको जानकारी र बढाई चढाई गरिएका दाबीहरू - योगकर्ता र व्यवसायहरूलाई कपट गर्न वा भ्रममा पार्न वा अन्तर्क्रिया बनढाउन। यसमा हाम्रा सेवाहरूको प्रयोग गरी यी क्रियाकलापहरू समायोजन वा प्रवर्द्धन गर्न खोज्ने सामग्री समावेश छन्। हामी मानिसहरूलाई सचेतना बढाउने र अरूलाई शिक्षा दिने र साथै यी क्रियाकलाप रोक्ने अनुमति दिन्छौँ।
हामी निम्न कुराहरू प्रयोग गर्ने अनुमति दिदैनौँ:
प्रयोगकर्ता र/वा व्यवसायहरूलाई निम्न तरिकाले कपट वा जालसाजी गर्न खोज्ने सामग्री:
ऋणसम्बन्धी जालसाजी र कपट
निम्न कार्य गर्ने सामग्री:
- प्रयोगकर्तालाई ऋण लिनका निम्ति बैना तिर्नु पर्ने मापदण्ड तय गरिएका ऋण अफर गर्ने।
- स्वीकृत हुने ग्यारेन्टीसहित वा कुनै पनि ग्यारेन्टीविनै स्पष्ट रूपमा तोकेर वा प्रसङ्गका आधारमा अस्पष्ट रूपमा बुझ्ने गरी (जस्तै, वित्तिय जानकारी नमागिकनै ऋण स्वीकृत गर्ने दाबी) ऋण अफर गर्छ।
- ध्यान दिनु पर्ने कुरा: हामी कुनै इन्टिटीले वैध, गैर जालसाजी सामग्री खडा गरिरहेको छ कि छैन भन्ने निर्धारण गर्नका निम्ति अन्य सग्नलहरू पनि खोज्छौँ, जस्तै यो पुष्टि गरिएको इन्टिटी र बैंक वा वित्तीय संस्था हो भने।
जुवासम्बन्धी जालसाजी र कपट
निम्न कार्य गर्ने सामग्री:
- जित्ने ग्यारेन्टी गरेर वास्तविक पैसाको जुवा खेल्ने सेवाहरू (“वास्तविक पैसा” भनेको वास्तविक संसारमा प्रयोग गरिने मुद्रा हो र यसलाई वास्तविक संसारमा उत्पादन वा सेवाहरू खरिद गर्न प्रयोग गरिन्छ, जस्तै यु.एस. डलर र बिटकोइन जस्ता भर्चुअल मुद्राहरू):
- अफर गर्छ।
- कुनै खेल वा म्याचको परिणाम पहिल्यै तय गरिएको कुराको सङ्केत गर्ने वा स्वीकार गर्ने।
- मानिसहरूलाई म्याच फिक्सिङ गर्न उक्साउने वा कुनै म्याच वा खेलको परिणाम पहिल्यै तय गर्नमा मद्दत वा सुझावहरू खोज्ने।
वास्तविक पैसा कमाउने कुनै पनि अवसर नभएका जुवा सिमुलेट गर्ने सामाजिक जुवाघरका गेमहरू प्रतिबन्धित उत्पादन तथा सेवाहरूका सम्बन्धमा समुदायका मापदण्ड अन्तर्गत पर्छन्।
लगानी वा वित्तीय जालसाजी र कपटहरू
- लगानीका अवसरहरू। निम्न कार्य गर्ने सामग्री:
- लगानीका प्रतिफल ग्यारेन्टी गरिएका वा जोखिम-रहित रहेका लगानीका अवसरहरू अफर गर्ने।
- लगानीका प्रतिफल वा पुरस्कार अरूलाई पनि सो स्किनमा सहभागी हुन दर्ता गराएका आधारमा आंशिक वा पूर्ण रूपमा निर्भर हुने लगानीका अवसरहरू अफर गर्ने।
- अवसरको प्रकृति “तुरुन्तै मालामाल हुनुहोस्” र/वा सानो लगानीको ठुलो फल प्राप्त गर्ने दाबी भएका लगानीका अवसरहरू अफर गर्ने।
- पैसा/नगद फ्लिप। निम्न कार्य गर्ने सामग्री:
- फ्लिपिङ, ट्रिक वा “नगद फ्लिप”, “पैसा फ्लिप” वा मिल्दाजुल्दा शब्दहरू स्पष्ट रूपमा मेन्सन गरिएका रणनीतिमार्फत निश्चित पैसालाई धेरै पैसामा रूपान्तरण गर्ने अफरहरू।
पैसा म्युलिङ र सम्पति शुद्धीकरणसम्बन्धी जालसाजी र कपटहरू
- पैसा म्युलिङ। निम्न कार्य गर्ने सामग्री:
- पैसा म्युलिङ अफर गर्ने वा माग्ने (अरूलाई उहाँका बैंक खाता प्रयोग गर्ने वा अरूको तर्फबाट पैसा पठाउने अनुमति दिनका लागि पैसा वा फाइदा अफर गरेर सम्पत्ति शुद्धिकरणमा पीडितहरूलाई थाहा नहुने गरी सामेल गराइन्छ)।
- पीडितको बैंक खाता प्रयोग गरेर तेस्रो पक्षहरूबाट पैसा स्वीकार गर्ने र तिनलाई पैसा पठाउने रोजगार अफर गरेर पैसा म्युलिङ अफर गर्ने वा माग्ने।
- सम्पत्ति शुद्धीकरण। निम्न कार्य गर्ने सामग्री:
- सम्पत्ति शुद्धीकरण माग्ने, अफर गर्ने वा यस्ता कार्य गर्न उक्साउने वा सुविधा प्रदान गर्ने। सम्पत्ति शुद्धीकरण भनेको गैरकानुनी रूपमा प्राप्त गरिएको रकमलाई निम्नमध्येका कुनै पनि तरिकामार्फत वित्तीय कारोबारको जटिल क्रम पूरा गरेर रकमको गलत स्रोतको देखाएर वैध कानुनी रकम जस्तो देखाउने कार्य हो।
- SWIFT (विश्वव्यापी रूपमा एउटा बैंकबाट अर्को बैंकमा गरिने वित्तीय टेलिसञ्चारसम्बन्धी समाज) वा अन्य मिल्दाजुल्दा तरिकामार्फत रकम ट्रान्स्फर गरेर,
- नगद प्राप्त वा ट्रान्स्फर गर्नका लागि उपलब्ध बैंक खाताका प्रकारहरूसम्बन्धी विवरणहरू खोजेर वा अफर गरेर।
अप्रामाणिक पहिचानसम्बन्धी जालसाजी र कपट
निम्न कार्य गर्ने सामग्री:
- प्रयोगकर्ताहरूलाई पोस्टरको पहिचान वा अनुरोधको प्रकृतिका बारेमा गलत रूपमा प्रस्तुत गरेर कपट वा जालसाजी गर्ने प्रयासहरू:
- परोपकारी जालसाजी र कपट। यो भनेको दान तुरुन्तै गर्नु पर्ने अवस्थाका बारेमा गरिएका दाबीसँगै परोपकारी कारणका लागि पैसा वा दान माग्ने जालसाजी अनुरोधहरू हुन् र यसमा पैसा पठाउन मिल्ने बैंक खातालगायतका जानकारी समावेश हुन्छ।
- रोम्यान्ससम्बन्धी जालसाजी र कपट। यो भनेको यौनसँग असम्बन्धित मित्रता वा सम्बन्ध खोजेर र यसको साटो पैसा वा पैसा बराबरको उत्पादन अफर गरेर वा मागेर अनलाइनमार्फत रोम्यान्टिक सम्बन्धहरू गाँस्ने प्रयास गर्ने जालसाजी कार्यहरू।
- स्थापित व्यवसाय/इन्टिटीसम्बन्धी जालसाजी र कपट। यसमा कपट वा जालसाजी गर्ने उद्देश्य लिएर स्थापित व्यवसाय वा इन्टिटीको प्रतिनिधित्व गर्ने वा तिनको तर्फबाट बोल्ने झुटो दाबी गर्ने कार्य समावेश हुन्छ।
उत्पादन वा पुरस्कारसम्बन्धी जालसाजी र कपट
- सरकारी पुरस्कारसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- सरकारी पुरस्कार वा पैसा प्राप्त गर्ने सरकारका अन्य स्रोतबट पैसा अफर गर्ने। हामी कुनै इन्टिटीले वैध जालसाजीरहित सामग्री पोस्ट गरिरहेको छ कि छैन भन्ने कुरा निर्धारण गर्न विभिन्न सिग्नलहरूका बारेमा विचार गर्छौ, जस्तै पुष्टि गरिएको इन्टिटीबाट आएका बेला।
- मूर्त, आध्यात्मिक वा प्रबुद्धसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- कुनै संघ, कल्ट र धार्मिक सम्प्रदाय (जस्तै, इल्युमिनाटी ब्रदरहुड) मा सदस्यता लिन वा सामेल हुनका निम्ति भौतिक, डिजिटल र भर्चुअल मुद्रा र भौतिक र डिजिटल उत्पादन र सेवाहरूलगायतका पैसा बराबरका पैसा, उत्पादन वा सेवाहरूलगायतका मूर्ती पुरस्कारहरू अफर गर्ने।
- काला जादु वा मन्त्र वा जादुवी वस्तुहरू (जस्तै, मन्त्र, लकी चार्म, जन्तर, टोकन, पोसन, म्याजिक वालेट, आदि) प्रयोग गरेबपत मूर्त पुरस्कार अफर गर्ने।
- बीमासम्बन्धी जालसाजी र कपटहरू। निम्न कार्य गर्ने सामग्री:
- अग्रिम शुल्क (एड्मिन शुल्क, वा डिपोजिट वा अन्यथा) माग्ने अत्यन्तै बढी छुटसहितको बीमा अफर गर्ने।
- सामान्य बीमा प्रदायकका तुलनामा बीमामा ठुलो छुट दिइने बचनहरू दिएर अत्यन्तै बढी छुटसहितको बीमा (कम्तीमा पनि ३०% कम)।
- ध्यान दिनु पर्ने कुरा: हामी कुनै इन्टिटीले वैध, गैर जालसाजी सामग्री खडा गरिरहेको छ कि छैन भन्ने निर्धारण गर्नका निम्ति अन्य सग्नलहरू पनि खोज्छौँ, जस्तै यो पुष्टि गरिएको इन्टिटी र बैंक वा वित्तीय संस्था हो भने
- रोजगारसम्बन्धी जालसाजी र कपटहरू। निम्न कार्य गर्ने सामग्री:
- अस्पष्ट वा राम्रोसँग उल्लेख नगरिएको रोजगारको विवरण भएका र थोरै समय लगानी वा प्रयत्न गरेबापत पैसा कमाउने बचन दिँदै तुरुन्तै मालामाल हुने अवसरहरू भएका रोजगारहरू अफर गर्ने।
- रोजगारको अवसर भनेर मात्र लेखिएका तर रोजगारसम्बन्धी कुनै पनि जानकारी उपलब्ध नगराइएका रोजगारहरू अफर गर्ने।
- घरबाट काम गर्ने अवसर अफर गर्ने तर रोजगारको पदमा भने कर्मचारीले घरबाट काम गर्न नमिल्ने व्यवस्था तोकिएको।
- पहिल्यै तलब दिने बचन दिइएका रोजगारहरू अफर गर्ने।
- ग्यारेन्टी रोजगारहरू अफर गर्छ।
- रोजगार प्रदान गरिनुअघि पहिल्यै शुल्क माग्ने रोजगारहरू अफर गर्ने।
- ध्यान दिनु पर्ने कुरा: हामी कुनै इन्टिटीले वैध, गैर जालसाजी सामग्री खडा गरिरहेको छ कि छैन भन्ने निर्धारण गर्नका निम्ति अन्य सिग्नलहरू पनि खोज्छौँ, जस्तै यो पुष्टि गरिएको इन्टिटी हो भने
- ऋण छुट र क्रेडिट फिर्तासम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- ऋणको निश्चित रकम कुनै तोकिएको अवधिमा हटाउने वा कम गर्ने बचन दिने।
- सङ्कलन गरिनु पर्ने सबै ऋण वा मुद्दाहरू रोक्ने वा मेटाउने बचन दिने।
- “सरकारको नयाँ कार्यक्रम” वा परिवर्तन गरिएको कानुन वा मिल्दाजुल्दा कथनमार्फत ऋण छुट वा रद्द गर्ने बचन दिने।
- क्रेडिटसम्बन्धि रिपोर्टबाट क्रेडिटसम्बन्धी जानकारी मेटाउने तथा हटाउने वा नयाँ “क्रेडिटसम्बन्धी पहिचान” बनाउने बचन दिने।
- ध्यान दिनु पर्ने कुरा: हामी कुनै इन्टिटीले वैध, गैर जालसाजी सामग्री खडा गरिरहेको छ कि छैन भन्ने निर्धारण गर्नका निम्ति अन्य सग्नलहरू पनि खोज्छौँ, जस्तै यो पुष्टि गरिएको इन्टिटी र बैंक वा वित्तीय संस्था हो भने
- गिभअवेसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- निम्न कार्य गर्नु पर्ने प्रयोगकर्ताहरूलाई ती सुविधावापत वास्तविक पैसाको ग्यारेन्टी दिइएको पुरस्कार अफर गर्ने:
- अफ-साइट लिंकमा दर्ता गर्नु पर्ने।
- व्यक्तिगत पहिचान खुलाउने जानकारी (PII) वा अन्य व्यक्तिगत जानकारी सेयर गर्नु पर्ने।
- निजी म्यासेजमार्फत अफ-प्लेटफर्म वा अन-प्लेटफर्म सम्पर्क गर्नु पर्ने।
- कुनै पनि कारबाही नगर्नुहोस्:
- अग्रिम शुल्कसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- अग्रिम शुल्क/वायर ट्रान्स्फर/भुक्तानी गरेबापत पैसा प्रदान गर्ने झुटो बचन दिने।
नक्कली कागजातसम्बन्धी जालसाजी र कपट
- नक्कली वा जाली कागजातहरू। निम्न कार्य गर्ने सामग्री:
- नक्कली वा जाली कागजातहरूको सिफारिस, बनाउने कार्य, बिक्री, खरिद वा व्यापार अफर गर्ने।
- भिसा वा ग्रिन कार्ड अफर गर्ने।
- भिसा वा ग्रिन कार्ड प्राप्त गरिन्छ भन्ने कुराको ग्यारेन्टी गर्ने।
- प्रयोगकर्ताहरूलाई सामान्य मापदण्डहरू पूरा नगरिकनै भिसा प्राप्त गर्न सघाउने।
- नक्कली वा जाली मुद्रा। निम्न कार्य गर्ने सामग्री:
- कुनै मुद्रा बोर्ड-गेमसम्बन्धी उद्देश्यका लागि प्रयोग गरिने बोर्ड-गेम मुद्रा (जस्तै, मोनोपली पैसा) हो भन्ने प्रसङ्ग स्पष्ट रूपमा खुलाइएको अवस्थाबाहेक नक्कली वा जाली मुद्राको बिक्री, खरिद वा व्यापार गर्ने अफर।
- नक्कली वा जाली भौचरहरू। निम्न कार्य गर्ने सामग्री:
- नक्कली वा जाली भौचरहरूको सेयरिङ, बिक्री, खरिद वा व्यापार अफर गर्ने।
- निम्नमध्ये कुनै एउटा कार्य गरेर सामान्य शुल्क हासिल गर्नका निम्ति भौतिक तथा डिजिटल कुपन वा भौचरहरू प्रयोग भएको कुरा स्वीकार गर्ने, प्रवर्धन गर्ने वा यस्ता कुरा प्रयोग गर्न उक्साउने:
- >ती कुपन वा भौचरहरू जुन कुरा खरिद गर्न लागि प्रयोग गर्नु पर्छ तीबाहेक अन्य कुरा खरिद गर्नका लागि कुपन वा बौचरहरू प्रयोग गरेर; वा
- म्याद सकिएका कुपन वा भौचरहरू प्रयोग गरेर।
- नक्कली वा जाली शैक्षिक र पेशागत प्रमाणपत्रहरू। निम्न कार्य गर्ने सामग्री:
- नक्कली वा जाली शैक्षिक र पेशागत प्रमाणपत्रहरूको बिक्री, खरिद वा व्यापारको अफर गर्ने।
चोरी गरिएको जानकारी, उत्पादन वा सेवासम्बन्धी जालसाजी र कपट
- कार्डिङसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- अनाधिकृत खरिदका लागि प्रयोग गर्न सकिने चोरी गरिएका क्रेडिट कार्ड वा अन्य वित्तीय इन्स्ट्रुमेन्टको खरिद, बिक्री वा व्यापार समावेश हुने (यसलाई “कार्डिङ” पनि भनिन्छ)।
- PII सम्बन्धी जालसाजी र कपटहरू। निम्न कार्य गर्ने सामग्री:
- कुनै दन्ते पात्रोको प्रसङ्गबाहेक अन्य अवस्थामा व्यक्तिगत पहिचान खुलाउने जानकारी (PII) वा अन्य व्यक्तिगत जानकारीको खरिद, बिक्री वा व्यापार अफर गर्ने।
- नक्कली समीक्षासम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- उत्पादनको समीक्षा/रेटिङको खरिद, बिक्री वा व्यापारका लागि कल गर्ने।
- प्रयोगकर्ताहरूलाई छुट, फिर्ता रकम वा निःशुल्क वस्तुहरूको साटो समीक्षाहरू प्रदान गर्नका निम्ति स्पष्ट वा अस्पष्ट रूपमा प्रलोभन दिने।
- सदस्यतासम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- कुनै सशुल्क अनलाइन सेवाको नाम लिएर वा त्यसको लोगो सेयर गरेर सो अनलाइन सेवाको सन्दर्भ गरेर सदस्यतासम्बन्धी सेवाहरूको क्रिडेन्सियल (नियमित अन्तरालमा दोहोरिने भुक्तानी गर्नु पर्ने अनलाइन सेवाको लगइनसम्बन्धी क्रिडेन्सियल) को खरिद, बिक्री वा व्यापार अफर गर्ने।
- ध्यान दिनु पर्ने कुरा: हामी कुनै इन्टिटीले वैध, गैर जालसाजी सामग्री खडा गरिरहेको छ कि छैन भन्ने निर्धारण गर्नका निम्ति अन्य सग्नलहरू पनि खोज्छौँ, जस्तै यो पुष्टि गरिएको इन्टिटी र बैंक वा वित्तीय संस्था हो भने।
- चोरी गर्नेसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री:
- निम्न कुराको सेयरिङ, बिक्री, व्यापार वा खरिद गर्ने कार्य समावेश गर्ने:
- भविष्यको परीक्षा पत्र वा उत्तर भएका पानाहरू।
- परीक्षामा चोरी गर्न सघाउने उत्पादन वा सेवाहरू।
- लागू पदार्थको परीक्षण गर्दा अनाधिकृत तरिकाले गलत परिणाम देखाउन सघाउने उत्पादन वा सेवाहरू।
डिभाइसहरूको अनाधिकृत प्रयोगसम्बन्धी जालसाजी र कपट
- डिभाइसको फेरबदलसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री
- फेरबदल गरिएका, परिवर्तन गरिएका वा नक्कली मापन डिभाइसको खरिद, बिक्री, व्यापार वा सेयर गर्ने कार्यका लागि कल गर्ने।
- असटीक मूल्य निर्धारण गर्न डिभाइसहरू भौतिक रूपमा फेरबदल गर्ने कार्य गरिएको कुरा स्वीकार गर्ने, त्यस्ता कार्य प्रवर्धन गर्ने वा त्यस्ता गतिविधि गर्न उक्साउने।
- डिजिटल सामग्रीसम्बन्धी जालसाजी र कपट। निम्न कार्य गर्ने सामग्री
- अनाधिकृत तरिकाले डिजिटल सामग्री एक्सेस गर्ने सुविधा प्रदान गर्ने वा त्यस्ता कार्य गर्न प्रोत्साहित गर्ने उत्पादनहरू अफर गर्ने वा माग्ने। यसमा निम्नलगायतका कुराहरू समावेश हुन्छन्: अग्मेन्टेड सेट टप बक्स, पूर्ण रूपमा लोड गरिएका/KODI इन्स्टल गरिएका बक्स र KODI सेवाहरू।
छल्ने र भ्रामक अभ्यासहरू
- स्वास्थ्यसम्बन्धी भ्रामक अभ्यासहरू। निम्न कार्य गर्ने सामग्री
- बढाई चढाई गरिएका वा अत्यन्तै राम्रो सुनिने दाबीहरू गर्ने आकर्षक भाषाको प्रयोगलगायतका क्लिक-बेट रणनीति प्रयोग गरेर वजन घटाउने प्रसङ्गमा स्वास्थ्यसम्बन्धी झुटो वा भ्रामक दाबीको प्रवर्धन गर्ने वा ग्यारेन्टी दिने
निम्न सामग्रीको लागि, हामीले सामग्री हेर्ने क्षमतालाई वयस्कहरू, उमेर 18 र माथिकाहरूलाई सीमित गर्छौं:
निम्न कार्य गर्ने सामग्री
- योग्य वा अस्वीकरणका भाषा प्रयोग नगरिकनै निश्चित समयभित्र वजन घटाउने निश्चित परिणामका बारेमा बन दिने।
माथि जस्तोसुकै कुरा उल्लेख गरिए तापनि, हामी संवेदनशील जानकारी नखुलाइकन वा जालसाजी वा कपटको प्रवर्धन नगरिकनै जालसाजी र कपटका बारेमा निन्दा गर्ने, सचेतना जगाउने वा शिक्षा दिने सामग्री निषेध गर्दैनौँ।
समुदायका निम्न मापदण्डहरू लागू गर्न हामीलाई अतिरिक्त जानकारी र/वा सन्दर्भ चाहिन्छ:
- हामी निम्न सामग्री हटाउन सक्छौँ:
- विश्वसनीय इन्टिटीले रिपोर्ट गरेका जालसाजी/कपट समावेश भएका।
- घुस वा घोटालासम्बन्धी।
- प्रयोगकर्ताहरूलाई कपट वा जालसाजी गर्ने प्रयासका क्रममा खोपहरू अफर गर्ने।
- झुटो पहिचान देखाउने, लोकप्रिय व्यक्तिको नक्कल गर्ने वा घोटाला वा जालसाजी गर्ने प्रयासमा कुनै चर्चित व्यक्तिको फोटो अनाधिकृत रूपमा प्रयोग गर्ने
- मानिसहरूलाई लुकेर हेर्ने वा रेकर्ड गर्ने सुविधा प्रदान गर्नका निम्ति डिजाइन गरिएका स्पाई क्याम, मोबाइल फोन ट्रयाकर (अज्ञात फोन नम्बरहरू ट्रयाक गर्ने अनुमति दिने ट्रयाकरसहित) वा अन्य लुकेका सर्भेलेन्सलगायतका उत्पादन वा सेवाहरू अफर गर्ने वा माग्ने
- आकर्षक भाषा प्रयोग गरेर वा बढाई चढाई गरिएका दाबीहरू प्रयोग गरेर सरकारी इन्टिटी वा समाचार मिडियाको भेष धारण गरेर क्लास एक्सन मुद्दामा मानिसहरूलाई सामेल हुने विवादित अवसरहरू अफर गर्ने।
- प्रयोगकर्ताहरूलाई व्यक्तिगत जानकारी हाल्न लगाउने सदस्यतासम्बन्धी सेवाहरू अफर गर्ने।
- हामी इन्टिटीहरूलाई व्यवस्थित जालसाजी वा कपटसम्बन्धी गतिविधिमा सामेल हुने वा यस्ता गतिविधिमा सामेल भएको कुरा दाबी गर्ने अनुमति दिँदैनौँ। साथै, हामी जालसाजी गतिविधि गर्न एकभन्दा बढी सेवाहरू प्रयोग गर्न पनि दिँदैनौँ।
हामी केही अवस्थामा व्यङ्गात्मक सामग्री भनेर निर्धारण गरिएका बेला समुदायका मापदण्डहरूको उल्लङ्घन गर्न सक्ने सामग्री प्रयोग गर्ने अनुमति दिन्छौँ। सामग्रीका उल्लङ्घन गर्ने एलिमेन्टहरू कसैको नक्कल गर्न वा हासो उडाउनका निम्ति अन्य केही वा अन्य कोहीको व्यङ्ग वा एट्रिब्युट गरिँदै छन् भने मात्र सो सामग्री प्रयोग गर्न पाइन्छ।
प्रयोगकर्ताका अनुभवहरू
Facebook मा मानिसहरूका लागि प्रवर्तन कस्तो देखिन्छ भन्ने केही उदाहरणहरू हेर्नुहोस्, जस्तै: तपाईंले Facebook मा हुनु हुँदैन भन्ने कुराको रिपोर्ट गर्दा कस्तो देखिन्छ, तपाईंले हाम्रा सामुदायिक मानकहरू उल्लङ्घन गर्नुभएको छ भनी र निश्चित सामग्रीमा चेतावनी स्क्रिन हेर्न।
नोट: हामी सधैँ सुधारिरहेका छौँ, त्यसैले तपाईंले यहाँ जे देख्नुभएको छ त्यो कुरा हामीले वर्तमानमा प्रयोग गर्ने कुराभन्दा थोरै पुरानो हुन सक्छ।
प्रयोगकर्ताको अनुभव
रिपोर्टिङ
प्रयोगकर्ताको अनुभव
पोस्ट-रिपोर्ट सञ्चार
प्रयोगकर्ताको अनुभव
अनुभव हटाउने
प्रयोगकर्ताको अनुभव
चेतावनी स्क्रिनहरू
प्रवर्तन
हामीसँग Facebook मा विश्वभर सबैजनाक लागि एउटै नीतिहरू छन्।
समीक्षा टोलीहरू
15,000 भन्दा धेरै समीक्षा गर्ने व्यक्तिहरूको हाम्रो विश्वव्यापी टोलीले मानिसहरूलाई Facebook मा सुरक्षित राख्नका लागि प्रत्येक दिन काम गर्नुहुन्छ।
सरोकारवालाको संलग्नता
बाहिरी विशेषज्ञ, शैक्षिक, NGO र नीति निर्माताहरूले Facebook समुदाय मापदण्डहरूलाई सूचित गर्न मद्दत गर्छन्।
जालसाजी, कपटशील र भ्रामक अभ्यासहरूका सम्बन्धमा मद्दत प्राप्त गर्नुहोस्
तपाईंले Facebook मा हाम्रा समुदायका मापदण्डहरूको उल्लङ्घन गर्ने कुनै कुरा देख्नुभयो भने तपाईं के गर्न सक्नुहुन्छ भन्ने बारेमा जान्नुहोस्।
हाम्रो मद्दत केन्द्रमा जानुहोस्