बाल यौन शोषण, दुर्व्यवहार र नग्नता

नीति विवरणहरू

परिवर्तन लग
नीतिको औचित्य
हामी बालबालिकालाई यौन रूपमा शोषण गर्ने उहाँहरूलाई खतरामा पार्ने सामग्री वा क्रियाकलाप हाल्ने वा गर्ने अनुमति दिँदैनौँ। हामी प्रत्यक्ष बाल शोषणका बारेमा सचेत भइसकेपछि, हामीले प्रचलित कानूनसँग अनुपालनमा National Center for Missing and Exploited Children मा रिपोर्ट गर्छौं। हामीलाई थाहा छ मानिसहरूले राम्रो मनसायसँग कहिलेकाहीँ आफ्नो बच्चाको नग्न छविहरू साझा गर्नुहुन्छ, यद्यपि, हामीले यी छविहरू अन्यद्वारा दुरुपयोगको सम्भावनाका कारण र अन्य मानिसहरूलाई छविहरू पुन प्रयोग वा अनुपयुक्त सम्भावना रोक्न मद्दत गर्न सामान्य रूपमा हटाउछौँ।
हामी विशेषगरी बालबालिकासँग सम्बन्धित अनलाइन सुरक्षा समस्याहरूमा हाम्रो नीति र प्रवर्तन छलफल गर्न र सूधार्नका लागि Meta सुरक्षा सुझाव बोर्ड लगायत बाह्य विशेषज्ञहरूसँग पनि काम गर्छौँ। हामीले बाल शोषण विरुद्ध लड्नका लागि प्रयोग गरिरहेको प्रविधिका बारेमा थप जान्नुहोस्।
निम्न कुराहरू पोस्ट नगर्नुहोस्:
बाल यौन शोषण
बाल (वास्तविक ‍नाबालिग, बच्चा वा शिशुहरू वा कला, AI ले सिर्जना गरेका सामग्री, दन्ते कथाका पात्रो, गुडियालयगातका मानव जस्ता गुण भएका अवास्तविक चित्रणहरू) यौन शोषणको धम्की दिने, चित्रण गर्ने, प्रशंसा गर्ने, सहायता गर्ने, निर्देशनहरू प्रदान गर्ने, अभिप्रायको वक्तव्य दिने, सहभागिता स्वीकार्ने वा लिंकहरू सेयर गर्ने सामग्री, क्रियाकलाप वा अन्तरक्रियाहरू। यसमा निम्न समावेश हुन्छ तर सोहीमा मात्र सीमित छैन:
  • यौन सम्पर्क
    • जब कम्तिमा एक व्यक्तिको गुप्तांग वा मलद्वार देखिने अवस्थामा मुख वा जननांग भित्र पस्नु वा अर्को व्यक्तिको गुप्तांग वा मलद्वारको सम्पर्कमा हुनुलाई स्पष्ट यौन सम्पर्क वा ओरल सेक्स भनिन्छ।
    • सम्पर्कको प्रबल सम्भावना हुँदावा प्रत्यक्ष रुपमा नदेखिदा समेत, इंगित यौन सम्पर्क वा मुख मैथुन।
    • साथै क्रियाकलापको प्रबल सम्भावना हुँदा वा प्रत्यक्ष नदेखिदा समेत, गुप्तांग वा मलद्वारको उत्तेजना।
    • जनावरलाई संलग्न गर्ने माथिको मध्ये कुनै पनि।
  • यौन तत्वहरू भएका बालबालिका निम्नमा समावेश छन् तर सीमित छैनन्:
    • अवरोधहरू
    • उत्तेजनाको संकेतहरू
    • जननांगा वा मलद्वारमा फोकस।
    • उत्तेजित वयस्कको उपस्थिति
    • यौनजन्य खेलौना वा यौनजन्य स्टिमुलेसन, ग्राटिफिकेसन वा यौन दुर्व्यवहारका लागि कुनै वस्तुको प्रयोजन
    • कामुकीकरण गरिएका पोशाक
    • निर्वस्त्र हुने कार्य
    • नाटकीय वातावरण (उदाहरणका लागि, बिस्तरामा) वा पेशागत रूपमा शट गरिएको (गुणस्तर/फोकस/एङ्गलहरू)
    • मुख खोलेर गरिने चुम्बन
    • मान्छेको स्तनको मुन्टो चलाउने वा महिलाको स्तन निचोर्ने (स्तनपानको सन्दर्भमा बाहेक)
    • यौन क्रियाकलापको अवस्थित उत्पादनहरू
  • बालबालिका कामोत्तेजक क्रियाकलापमा सामेल भएका दृश्य देखाउने सामग्री
  • बाल यौन शोषणको बारेमा स्वास्थ्य सन्दर्भमा तटस्थ भावले छलफल नगर्दासम्म यसमा सहभागी हुनका लागि समर्थन गर्ने, प्रवर्द्धन गर्ने, वकालत गर्ने वा प्रोत्साहन गर्ने सामग्री।
  • नाम वा फोटोअनुसार बाल यौन शोषणको आरोप लगाइएका पीडितलाई पहिचान गर्ने वा गिजाउने सामग्री
यौन सुझाव
निम्नानुसार परिभाषित गरेअनुसार बालबालिकालाई दर्साउने वा समावेश गर्ने यौनजन्य सामग्री प्राप्त गर्न खोज्ने सामग्री:
  • बाल यौन दुर्व्यवहार सामग्री (CSAM)
  • वास्तविक वा अवास्तविक बच्चाको नाङ्गो फोटो
  • वास्तविक वा गैर-वास्तविक बच्चाहरूको यौनजन्य फोटो
बालबालिकाहरूसँग गरिने अनुचित अन्तर्क्रियाहरू
बालबालिकाहरूसँग गरिने अनुचित अन्तर्क्रियाहरू समावेश गरिएका वा यस्ता अन्तर्क्रिया गर्ने सुविधा प्रदान गर्ने, जस्तै:
  • बालबालिकासँग यौनजन्य अन्तर्क्रिया गर्न दबाब गर्ने, प्रबन्ध मिलाउने वा योजना बनाउने
  • बालबालिकालाई जानीबुझी सार्वजनिक रूपमा वा निजी म्यासेजमार्फत अश्लील कुराकानी वा अफरहरूमार्फत, बालबालिकालाई यौनजन्य सामग्री देखाएर, उहाँहरूबाट प्राप्त गरेर वा माग गरेर यौनजन्य क्रियाकलापमा सामेल हुन उक्साउने।
  • बालाबालिका भएको गोपनिय सन्देशहरूमा स्पष्ट रूपमा यौनसम्बन्धी कुराकानीहरूमा आकर्षक गर्ने
  • गोपनीय सन्देशहरूमा बालबालिकाबाट यौन सामग्री प्राप्त गर्ने वा अनुरोध गर्ने
शोषणकारी घनिष्ट चित्र र लैङ्गिक शोषण
निम्न तरिकाले वास्तविक बालबालिकाको शोषण गर्ने प्रयास गर्ने सामग्री:
  • वास्तविक वा गैर-वास्तविक घनिष्ठ इमेजरी वा जानकारीको पर्दाफास गर्न धम्की सहित पैसा, पक्ष वा घनिष्ठ इमेजरीलाई जबरजस्ती
  • निजी यौन वार्तालापहरू वा वास्तविक वा गैर-वास्तविक घनिष्ठ छविहरू साझेदारी गर्ने, धम्की दिने, वा अभिप्राय व्यक्त गर्ने
बालबालिकाहरूलाई यौनजन्य रूपमा देखाउने
  • वास्तविक वा अवास्तविक बालबालिकाहरूलाई यौनजन्य रूपपमा देखाउने सामग्री (फोटो, भिडियो, वास्तविक कला, डिजिटल सामग्री र मौखिक उल्लेखहरूसहित)
  • वास्तविक वा अवास्तविक बालबालिकाहरूलाई यौनजन्य रूपमा देखाउनका लागि समर्पित समूह, पेज र प्रोफाइलहरू
बाल नग्नता
नग्नताको निम्न परिभाषाअनुसार वास्तविक वा अवास्तविक बच्चाको नग्नता दर्साउने सामग्री:
  • वास्तविक वा अवास्तविक बच्चाका लिङ्गका नजिकबाट खिचिएका फोटोहरू
  • निम्न अङ्ग देखाउने वास्तविक वा अवास्तविक नाङ्गा शिशुहरू:
    • पारदर्शी कपडाले ढाकिएका वा छेकिएका बेला पनि देखिने यौनाङ्ग
    • नितम्बको नजिकबाट खिचिएका फोटो वा भिडियोमा देखिने मलद्वार र/वा पूरै नग्नता
  • निम्न अङ्ग देखाउने वास्तविक वा अवास्तविक नग्न नाबालिगहरू:
    • देखिने यौनाङ्ग (यौनाङ्गमा आउने रौँ वा पारदर्शी कपडाले मात्र छेकिएको यौनाङ्गहित)
    • नितम्बको नजिकबाट खिचिएका फोटो वा भिडियोमा देखिने मलद्वार र/वा पूरै नग्नता
    • महिलाका नछोपिएका स्तनका मुन्टा
    • घाँटीदेखी घुँडासम्म कपडा नलगाएको - यौनाङ्ग वा महिलाको स्तनका मुन्टा नदेखिए तापनि
  • अवास्तविक फोटो स्वास्थ्य उद्देश्यका लागि नभएसम्म वा वास्तविक विश्वको कलामा गैर-यौनजन्य तरिकामा बच्चाको नग्नता देखाइएको अवस्थाबाहेक
गैर-यौनजन्य बाल शोषण
फोटो वास्तविक संसारको कला, कार्टुन, चलचित्र वा भिडियो गेमबाट तानिएको फोटो नभएसम्म जे सुकै उद्देश्यले सेयर गरिएका तापनि वास्तविक वा अवास्तविक बाल यौन शोषण दर्साउने भिडियो र फोटोहरू
गैर-यौनजन्य बाल दुर्व्यवहारमा सहभागिताको प्रशंसा, समर्थन, प्रवर्द्धन, वकालत गर्ने, निर्देशनहरू प्रदान गर्ने वा प्रोत्साहन गर्ने सामग्री
हाम्रा बाल यौन शोषण, दुर्व्यवहार र नग्नता (CSAN) नीतिको उल्लङ्घन गर्ने खाताहरू हटाउनुका साथ हाम्रा समीक्षक र अटोमेटेड सिस्टमहरूले सम्भावित अनावश्यक वा असुरक्षित अन्तर्क्रियाहरू हुन नदिन विभिन्न प्रकारका सिग्नलहरू प्रयोग गर्छन्।
  • हामी वयस्कले अन्य खातासँग गरेका अन्तर्क्रिया, उल्लङ्घन गर्ने सामग्रीको (जस्तै, लाक गर्ने वा सेभ गर्ने) खोजी वा त्यस्ता सामग्रीसँग गरिएका अन्तर्क्रिया वा हामीले हाम्रा नीतिहरूको उल्लङ्घन गरेकाले हटाएका समुदायको सदस्यता (जस्तै, समूह) का आधारमा खाताहरू बन्द गर्न वा उत्पादन र सुविधाहरू (जस्तै, निश्चित खाताहरूलाई फलो गर्ने क्षमता) एक्सेस गर्न प्रतिबन्ध लगाएका छौँ।
निम्न सामग्रीका लागि, हामीले चेतावनी स्क्रिन समावेश गर्छौं जसकारण मानिसहरू सामग्रीले विक्षिप्त पार्न सक्छ भन्नेबारे सचेत हुन् र सामग्री हेर्ने क्षमतालाई वयस्कहरू, अठार वर्ष उमेरका र सोभन्दा माथिका मानिसहरूमा सीमित गरिन्छ।
  • गैर-यौनजन्य बाल शोषणलाई प्रतिबद्ध गर्ने प्रहरी अधिकारी वा सैनिक कर्मचारीलाई चित्रण गर्ने भिडियो वा फोटोहरू
  • गैर-यौनजन्य बाल दुर्व्यवहारको भिडियो वा फोटोहरू, जब कानून प्रवर्तन, बाल सुरक्षा एजेन्सीहरू वा विश्वसनीय सुरक्षा साझेदारहरूले सामग्रीलाई प्लेटफर्ममा छोड्ने उद्देश्यले बच्चालाई सुरक्षामा फिर्ता ल्याउने स्पष्ट उद्देश्यका लागि अनुरोध गर्दा
निम्नलिखित सामग्रीका लागि, हामीले संवेदनशीलता मापन गर्दछौं ताकि मानिसहरूलाई सामग्रीले केहीलाई असर पार्न सक्छ भनेर सचेत गरोस्:
  • ‍धार्मिक क्रियाहरूको सन्दर्भमा बच्चालाई पानीमा हिंसात्मक रूपमा डुबाउने भिडियो वा तस्विरहरू
समुदायका निम्न मापदण्डहरू लागू गर्न हामीलाई अतिरिक्त जानकारी र/वा सन्दर्भ चाहिन्छ:
निम्न सामग्रीका लागि, हामी लेबल समावेश गर्छौँ ताकि मानिसहरूसामग्री संवेदनशील हुन सक्छ भनेर सचेत रहुन।
  • उल्लङ्घन गर्ने क्याप्सनका साथ वा उल्लङ्घन गर्ने सन्दर्भमा साझा गरेकोमा बाहेक, जुन अवस्थामा सो सामग्री हटाइनेछ, खबर एजेन्सीद्वारा पोस्ट गरिएका चित्र जसले अनिकाल, जातिहत्या, युद्ध अपराध वा मानवता विरुद्धको अपराधको सन्दर्भमा बाल नग्नता चित्रण गर्दछ
हामी समाचारसम्बन्धी मिडिया पार्टनर,NGO वा अन्य सुरक्षासम्बन्धी विश्वसनीय साझेदारहरूले यौनजन्य सन्दर्भमा नगरिएको बाल शोषणको परिणामको दृश्य देैखाउने फोटो पनि हटाउन सक्छौँ।
हामीले नाम वा छवि बाहेक अन्य माध्यमबाट बाल यौन शोषणको कथित पीडितहरूलाई पहिचान गर्ने सामग्री हटाउन सक्छौं यदि सामग्रीमा व्यक्तिको पहिचान गर्न सक्ने जानकारी समावेश छ भने।
यदि कानून प्रवर्तन, सरकार, विश्वसनीय साझेदारद्वारा अनुरोध गरिएको वा सामग्री नाबालिग वा नाबालिगका अभिभावक/कानूनी संरक्षकद्वारा स्व-रिपोर्ट गरिएको छ भने, नाबालिगको सुरक्षामा जोखिम छ भने, हामी एक निजी नाबालिग पहिचान गर्ने उद्देश्यको लागि सिर्जना गरिएको सामग्री हटाउन सक्छौं।
प्रयोगकर्ताका अनुभवहरू
Facebook मा मानिसहरूका लागि प्रवर्तन कस्तो देखिन्छ भन्ने केही उदाहरणहरू हेर्नुहोस्, जस्तै: तपाईंले Facebook मा हुनु हुँदैन भन्ने कुराको रिपोर्ट गर्दा कस्तो देखिन्छ, तपाईंले हाम्रा सामुदायिक मानकहरू उल्लङ्घन गर्नुभएको छ भनी र निश्चित सामग्रीमा चेतावनी स्क्रिन हेर्न।
नोट: हामी सधैँ सुधारिरहेका छौँ, त्यसैले तपाईंले यहाँ जे देख्नुभएको छ त्यो कुरा हामीले वर्तमानमा प्रयोग गर्ने कुराभन्दा थोरै पुरानो हुन सक्छ।
प्रयोगकर्ताको अनुभव
रिपोर्टिङ
प्रयोगकर्ताको अनुभव
पोस्ट-रिपोर्ट सञ्चार
प्रयोगकर्ताको अनुभव
अनुभव हटाउने
प्रयोगकर्ताको अनुभव
चेतावनी स्क्रिनहरू
डेटा
हालसालैको सामुदायिक मापदण्डहरू लागू गर्ने कार्यको रिपोर्ट हेर्नुहोस्
प्रवर्तन
हामीसँग Facebook मा विश्वभर सबैजनाक लागि एउटै नीतिहरू छन्।
समीक्षा टोलीहरू
15,000 भन्दा धेरै समीक्षा गर्ने व्यक्तिहरूको हाम्रो विश्वव्यापी टोलीले मानिसहरूलाई Facebook मा सुरक्षित राख्नका लागि प्रत्येक दिन काम गर्नुहुन्छ।
सरोकारवालाको संलग्नता
बाहिरी विशेषज्ञ, शैक्षिक, NGO र नीति निर्माताहरूले Facebook समुदाय मापदण्डहरूलाई सूचित गर्न मद्दत गर्छन्।
बाल यौन शोषण, दुर्व्यवहार र नग्नताका सम्बन्धमा मद्दत प्राप्त गर्नुहोस्
तपाईंले Facebook मा हाम्रा समुदायका मापदण्डहरूको उल्लङ्घन गर्ने कुनै कुरा देख्नुभयो भने तपाईं के गर्न सक्नुहुन्छ भन्ने बारेमा जान्नुहोस्।
हाम्रो मद्दत केन्द्रमा जानुहोस्