समुदायका मापदण्डहरू

सामुदायिक मानकहरूले Facebook, Instagram, Messenger र Threads मा के के छ र के गर्न अनुमति छैन भनेर रूपरेखा दिन्छ।
परिचय
यी मापदण्डहरू मानिसका प्रतिक्रिया र प्रविधि, सार्वजनिक सुरक्षा र मानव अधिकारहरू जस्ता विशेषज्ञका सुझाव क्षेत्रमा आधारित छन्। सबैजनाको आवाज मूल्यवान छ भनी सुनिश्चित गर्नका लागि, हामील विभिन्न विचार र धारणहरू, विशेषगरी अन्यथा बेवास्ता वा सीमान्तीकृत हुन सक्ने मानिस र समुदायहरू समावेश हुने मापदण्डहरू सिर्जना गर्नका लागि धेरै ध्यान दिन्छौं।
प्रत्येक दिन, मानिसहरू आफ्नो अनुभवहरू साझा गर्न, साथी र परिवारसँग जोडिन र समुदायहरू निर्माण गर्न Facebook, Instagram, Messenger र Threads को प्रयोग गर्छन्। हाम्रा सेवाहरूले अरबौं मानिसहरूलाई देशहरू र संस्कृतिहरू र दर्जनौं भाषाहरूमा स्वतन्त्र रूपमा व्यक्त गर्न सक्षम बनाउँछन्।
Meta ले Facebook, Messenger, Instagram र Threads मानिसहरूलाई कुराकानी गर्नका लागि सशक्त महसुस गर्ने स्थान बनेकोमा यो कसरी महत्त्वपूर्ण छ भनी पहिचान गर्छ र हामीले सेवाको दुरूपयोग हुन नदिनका लागि गम्भीरतापूर्वक हाम्रो भूमिका निर्वाह गर्छौं। त्यसैले हामीले ती सेवाहरूमा अनुमति दिइएका र अनुमति नदिइएका कुराहरूका लागि मापदण्डहरूको विकास गर्छौं।
कृपया समुदाय मापदण्डहरूको संयुक्त राज्य संस्करणले नीतिहरूको हालैको सेटलाई प्रतिबिम्बित गर्दछ र प्राथमिक कागजातको रूपमा प्रयोग गरिनुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस्।
आवाजका लागि हाम्रो प्रतिबद्धता
हाम्रा सामुदायिक मापदण्डहरूको लक्ष्य भनेको मानिसहरूका अभिव्यक्त र विचार व्यक्त गर्नका लागि स्थान सिर्जना गर्नु हो। Meta ले मानिसहरूमा महत्त्वपूर्ण मुद्दा भएता पनि केही असहमत हुने वा तिनीहरूलाई आपत्तिजनक लाग्न सक्ने कुराहरूका बारेमा मानिसहरू खुल्ला रूपमा कुरा गर्न सकून भन्ने चाहन्छ। त्यस प्रकारका सञ्चार लिखित कमेन्ट, फोटो, सङ्गीत वा अन्य कलाकारी माध्यमबाट गर्न सकिन्छ। केही अवस्थाहरूमा, हामीले सामग्री समाचारमा देखाउन योग्य र सर्वसाधारणको हितमा छ भने, यसलाई—जुन अन्यथा हाम्रा मापदण्डहरूको विरुद्ध जान सक्छ— अनुमति दिन्छौँ। हामीले हानिको जोखिम विरुद्ध सर्वसाधारणको हितको मान मूल्याङ्कन गरिसकेपछि मात्र यो कार्य गर्छौँ र हामी यी निर्णयहरू गर्नका लागि अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्डहरू हेर्छौँ। हामी अन्य मामिलाहरूमा अतिरिक्त प्रसङ्गले हामीलाई कुनै सामग्रीले हाम्रा मापदण्डहरूको उल्लङ्घन गर्छ भन्ने कुरा बुझ्ने अनुमति दिँदा हामी अस्पष्ट वा अनिश्चित भाषा प्रयोग गर्ने सामग्री हटाउन सक्छौँ।
हाम्रो अभिव्यक्ति प्रतिको प्रतिब्द्धता सर्वोपरि छ तर हामी इन्टरनेटले दुर्व्यवहारका लागि नयाँ र थप अवसरहरू सिर्जना गर्छ भनी पहिचान गर्छौँ। यी कारणहरूका लागि, हामीले अनुभुति सीमित गर्दा, हामी यसलाई निम्न मध्ये एक वा बढी मानहरूको सेवामा गर्छौं:
प्रमाणिकता
हामी मानिसहरूले देख्ने सामग्री प्रामाणिक छ भनी सुनिश्चित गर्न चाहन्छौं। हामी विश्वास गर्छौं कि प्रामाणिकताले साझेदारीको लागि राम्रो वातावरण सिर्जना गर्छ, र त्यसैले हामी हाम्रा सेवाहरू प्रयोग गर्ने व्यक्तिहरू को हुन् वा तिनीहरू के गर्दैछन् भनेर गलत रूपमा प्रस्तुत गर्न चाहँदैनौं।
सुरक्षा
हामी Facebook, Instagram, Messenger र Threads लाई सुरक्षित ठाउँहरू बनाउन प्रतिबद्ध छौं। हामी व्यक्तिहरूको शारीरिक सुरक्षामा हानिको जोखिममा सहायता गर्न सक्ने सामग्री हटाउछौँ। मानिसहरूलाई धम्की दिने सामग्रीमा अन्यलाई भयभीत गर्ने, बहिष्कार गर्ने वा मौन गराउने क्षमता हुन्छ र यसलाई ती सेवाहरूमा अनुमति दिँइदैन।
गोपनीयता
हामी व्यक्तिगत गोपनीयता र जानकारीको सुरक्षा गर्न प्रतिबद्ध छौँ। गोपनीयताले मिनसहरूलाई आफू स्वतन्त्र हुने, ती सेवाहरूमा कसरी र कहिले साझा गर्ने भनी निर्णय गर्ने र थप सहज तरिकामा सम्बन्ध स्थापित गर्ने स्वतन्त्रता दिन्छ।
प्रतिष्ठा
हामी सबै मानिसहरू प्रतिष्ठा र अधिकारहरूमा बराबर छन् भनी विश्वास गर्छौँ। हामीले यी मानिसहरूले अरूको इज्जतको सम्मान गर्ने छन् र अरूलाई नसताउने वा अपमान गर्ने छैनन् भन्ने अपेक्षा राखेका छौँ।
समुदायका मापदण्डहरू
हाम्रा समुदायका मापदण्डहरू विश्वभरका सबै मान्छे र AI ले बनाएका सामग्रीसहित सबै प्रकारका सामग्रीमा लागू हुन्छन्।
हाम्रा समुदायका मापदण्डहरूका हरेक खण्ड नीतिको लक्ष्य तय गर्ने “नीतिको औचित्य” बाट सुरु हुन्छ र त्यसपछि निम्न कुरा उल्लख गर्ने नीतिका निश्चित रेखाहरू लेखिन्छन्:
अनुमति नदिइएको सामग्री; र
अतिरिक्त जानकारी आवश्यक पर्ने सामग्री वा लागू गर्ने सामग्री, चेतावनी स्क्रिनमा अनुमति दिइएको सामग्री वा अनुमति दिइएको तर 18 वर्ष वा सोभन्दा माथिका वयस्कहरूले मात्र हेर्न सक्ने सामग्री।